बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक पक्राउ

बलात्कार प्रतिकार गर्दा सन्तोषी सुब्बाको हत्या, एक पक्राउ

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना हुन् । उनी गाडीको सहचालक रहेको खुलेको छ।

हत्या अभियोगमा पक्राउ परेका तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीका एक अधिकारीका अनुसार तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको पाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछिअभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका थिए ।

हत्यापछि शव नचिनियोस् भनी तिमल्सिनाले पटक(पटक अनुहारमा प्रहार गरी विभत्स बनाएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:     १० असार २०७८, बिहीबार  |    Himali Khabar