बाढीपहिरोका कारण देशभर १३ सडक अवरुद्ध

बाढीपहिरोका कारण देशभर १३ सडक अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका १३ सडक पूर्ण रुपमा अवरुद्ध छन् भने २८ सडक एकतर्फी ९आशिंक० मात्रै सञ्चालनमा छन्। वर्षाले देशभरका विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका हुन। असार यता ५६ सडक अवरुद्ध भएकामा अहिले १५ सडक पूर्ण रुपमा नियमित छ।

डिभिजन सडक कार्यालयले नजिकैका हेभी इक्युपमेन्ट कार्यालयसँगको समन्वयमा सडक सकेसम्म दुबैतर्फ नसकेमा एकातर्फबाट सुचारु गरिरहेको जनाएको छ। डुम्रे–बेशीशहर–चामे सडक मनाङ र लमजुङको विभिन्न खण्डमा मस्र्याङदी नदीले ट्रयाक बगाउँदा र ठूलो ढुङ्गा सहित पहिरो जाँदा अवरुद्ध भएको छ । लमजुङको रामबजार, अर्गले, घट्टेखोला र च्याम्चे खण्डमा सडक १ गते अवरुद्ध भएकामा अझै खुल्न सकेको छैन।

मनाङमा तिमाङ खोलाले धारापानीमा १ गते र बगरछापमा ३ गते अवरुद्ध भएको थियो । त्यस्तै मनाङको तिमाङ छहरामा जेठ १६ गते सडक अवरुद्ध रहेकामा अझै सो सडक खुल्न सकेको छैन। अरनिको राजमार्गमा लिपिङ पुल क्षतिग्रस्त हुँदा त्यहाँको यातायात पूर्ण रुपमा ठप्प छ। सोही राजमार्गको कोदारी र ड्याम साइटमा पहिरोका कारण सडक अवरुद्ध भएकामा हटाउने काम भइरहेको छ। खोड्पे–चैनपुर सडकको रिखारी पातल र चिपल ढुङ्गा, तमैल सडक र अरनिको राजमार्गको जुरे सडक पनि आशिंक रुपमा सञ्चालनमा छ।

प्रकाशित मिति:     १० असार २०७८, बिहीबार  |    Himali Khabar