१५ एसएसपीको सरुवा, को कहाँ पुगे ?

१५ एसएसपीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । गृहमन्त्री खगराज अधिकारीले सोमबार प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हरुको सरुवा गरेका हुन् ।

एसएसपी मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ । कृष्णहरि शर्मा पोखरेललाई प्रदेश कार्यालय पोखरा, हृदय थापालाई प्रहरी प्रधान कार्यालय अन्तर्गतको अन्वेशण योजना र टेकबहादुर तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा सरुवा गरिएको छ ।

दिपक थापालाई प्रदेश–२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ । त्यस्तै चन्द्र कुबेर खापुङ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बिक्रम बहादुर चन्द सुदुरपश्चिम कार्यालय र नरबहादुर खत्री गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन ।

प्रकाशित मिति:     ७ असार २०७८, सोमबार  |    Himali Khabar