सेनाका जवान गोली लागेर गम्भीर घाइते

सेनाका जवान गोली लागेर गम्भीर घाइते

वीरगञ्ज । पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।

उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको सैनिक स्रोत बताउँछ ।

गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । त्यतिखेर नरेश गुरुङ ट्वाइलेट गएका थिए ।

प्रकाशित मिति:     ७ असार २०७८, सोमबार  |    Himali Khabar