विवाहको प्रलोभन दिएर नायिकामाथि यौन शोषण गर्ने पूर्वमन्त्री पक्राउ

विवाहको प्रलोभन दिएर नायिकामाथि यौन शोषण गर्ने पूर्वमन्त्री पक्राउ

एजेन्सी। तमिलनाडुका पूर्वमन्त्री एम मणिकन्दनलाई तमिल नायिकालाई यौन शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। चेन्नई प्रहरीले उनलाई बैंग्लोरबाट पक्राउ गरेको हो।

उनीमाथि तमिल फिल्ममा काम गर्ने मलेसियाली नायिकामाथि यौन शोषण गरेर गर्भपतन गराउन बाध्य बनाएको आरोप छ। ती नायिकाले गत मेमा उजुरी गरेकी थिइन्। उनले मणिनन्दनले पछिल्लो ५ वर्षदेखि आफूमाथि यौन शोषण गरेको आरोप लगाएकी छन्।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar