नेपाली श्रमिक धेरै रहेका ६ देशमा उडान खुला गरिदै

नेपाली श्रमिक धेरै रहेका ६ देशमा उडान खुला गरिदै

काठमाडौं । सरकारले नेपाली श्रमिक संख्या धेरै रहेका मुलुकको हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । बुधबार बसेको सीसीएमसी निर्देशन समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका ६ देशमा उडान खोल्ने निर्णय गरेको हो ।

टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसियामा उडान सुचारु गरिने छ । यी देशहरुबाट सातामा दुई हजारजना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन गरिने समितिको निर्णय छ ।

यी देशहरुमा रोजगारीका लागि जाँदा क्वारेन्टिनमा बस्नुपर्ने श्रमिकका लागि आर्थिक सहयोगसमेत प्रदान गर्ने निर्णय गरिएको छ । १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने छ ।

प्रकाशित मिति:     ३ असार २०७८, बिहीबार  |    Himali Khabar