काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा कमी आए पनि रेमिट्यान्स आय भन बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म)मा आठ खर्ब नाै अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।
यो अघिल्लो वर्षको वैशाखको तुलनामा १९.२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई छ अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो।
गत वैशाखसम्म अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ। पुन: श्रम स्वीकृति लिनेको संख्या पनि ४९ प्रतिशतले घटेको छ। तर पनि रेमिट्यान्स बढिरहेको छ।