काठमाडौं, ६ फागुन । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। बुधबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबारका लागि ८९ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले घटेको छ। बुधबार १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १३ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।