अवैध लागूऔषध ब्राउनसुगरसहित पाँच जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित पाँच जना पक्राउ

काठमाडौं। प्रहरीले सुनसरी, कञ्चनपुर र बर्दियाबाट अवैध लागूऔषध ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ। कञ्चनपुर र बर्दियाबाट दुई–दुई जना र सुनसरीबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ्

पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका–८ भान्टाबारीका शम्भु कबिरथ, कञ्चनपुरको भिमदत्त नगरपालिका–४ सुन्दराटोलका भुवन साहु, कञ्चनपुरको बेलौरी नगरपालिका–९ रतनपुरका गोपाल ठगुन्ना र बर्दियाको मधुवन नगरपालिका–८ लालीबजारका पप्पु अन्सारी र विकास चौधरी रहेका छन् ।

प्रकाशित मिति:     २७ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar