एजेन्सी। साउदी अरबले एसियन मुलुकका लागि तेलको मूल्य बढाएको छ। साउदीले कयौं ग्राहक देशका लागि कच्चा तेलको मूल्य बढाएको हो।
यतिबेला कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० रुपैयाँ पुगेको छ। यसमा सिपमेन्ट चार्ज १० सेन्टदेखि १.९० डलर हुने बताइएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भारतबाट तेल किन्ने गरेको छ। भारतले ८० प्रतिशतभन्दा बढी तेल मध्यपूर्वका देशबाट आयात गर्ने हुँदा त्यहाँको परिस्थितिको प्रभाव नेपाली बजारमा पनि पर्न सक्ने अनुमान धेरैले गरेका छन् ।