काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्।
अब ती सबै ३० वटा मुद्दाको सुनुवाइ भोलि शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।