कोरोना उत्पत्तिबारे छानविन गर्न जासुसी संयन्त्रलाई अमेरिकाको निर्देशन

कोरोना उत्पत्तिबारे छानविन गर्न जासुसी संयन्त्रलाई अमेरिकाको निर्देशन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना उत्पत्तिबारे छानविन दोब्बर पार्न बुधबार आदेश दिएका छन्। कोरोना मानव सम्पर्कबाट हो या जनावरबाट फैलिएको हो भन्नेबारे खोज गर्न उनले आदेश दिएका हुन्।

उनले अमेरिकी राष्ट्रिय प्रयोगशालाहरुमा परीक्षण सहयोग गर्न निर्देशनसमेत दिएका छन्। यस्तै उनले चीनको वुहानबाट फैलिएको भन्ने आरम्भिक अनुमानबारे पनि अन्तर्राष्ट्रिय ढंगमा परीक्षण हुनुपर्ने बताएका छन्।

सन् २०१९ को अन्ततिरबाट चीनको बुहानबाट कोरोना संक्रमण सुरु भएको थियो ।

प्रकाशित मिति:     १३ जेष्ठ २०७८, बिहीबार  |    Himali Khabar