निषेधाज्ञा थप कडा पार्न गृहको तीन वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन

निषेधाज्ञा थप कडा पार्न गृहको तीन वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले निषेधाज्ञा कार्यान्वयनका लागि कडा रुपमा प्रस्तुत हुन तीन वटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । नागरिकस्तरबाट लापरबाही बढेको भन्दै भिडभाड र मानिसको अनावश्यक हिंडडुललाई नियन्त्रण गर्न न्यौपानेले निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर निषेधाज्ञा कार्यान्वयनमा कडाइका साथ प्रस्तुत हुन उनले निर्देशन दिए ।

निषेधाज्ञाका पालना नगर्नेलाई हालै जारी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही प्रक्रिया अघि बढाउन न्यौपानेले निर्देशन दिएको सहभागी एक अधिकारीले जानकारी दिए ।

अध्यादेशमा अनुमतिविना वा बिरामी ओसारपसार गर्ने प्रायोजनबाहेक सवारीसाधन चलाएर कारबाही गर्नसक्ने व्यवस्था छ । त्यस्तो अवस्थामा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने भनिएको छ ।

प्रकाशित मिति:     ९ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar