वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा फागुन २ मा, अध्यक्षमा खत्रीको दाबेदारी

वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा फागुन २ मा, अध्यक्षमा खत्रीको दाबेदारी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३० औं र ३१ औं साधारण सभा एवम् निर्वाचन फागुन ३ गते हुँदैछ । साधारण सभाले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

साधारणसभा सहभागी हुनका लागि कम्पनीहरुले माघ १८ गतेसम्म सहभागी प्रतिनिधिहरुको टुंगो लगाइसक्नुपर्ने छ ।

आगामी नेतृत्वका लागि संघका बर्तमान प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले दाबी प्रस्तुत गर्नुभएको छ । लामो समयदेखि विदेशी रोजगारीको क्षेत्रमा क्रियाशिल खत्रीले यो क्षेत्रलाई थप मर्यादित, व्यबस्थित र पारदर्शी बनाउन आफ्नो अनुभव लगाउन चाहेको भन्दै यो पटक अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको बताउनुभएको छ ।

`समग्र वैदेशिक रोजगार क्षेत्रलाई पेशागतरुपमा पारदर्शी, मर्यादित , सुरक्षित र जिम्मेवार बनाइ आमव्यवसायी र श्रमिकको हितमा काम गर्ने मेरो योजना छ ।´ उहाँले भन्नुभयो ।

श्रम आप्रवासनलाई अन्तराष्ट्रियस्तरमा नै विश्वासनीय बनाउदै , आन्तरिक रोजगारको पर्याप्तता नहुँदासम्मको बैकल्पिक आधार वैदेशिक रोजगार क्षेत्रमा आमूल परिवर्तन ल्याउन अबूतपूर्व भूमिका खेल्ने सकिने आधारहरु र त्यसको रुपरेखा यस कार्यकालको प्रथम उपाध्यक्ष भएको बेला तयार गरेको र त्यसको निरन्तरताको लागि आगामी कार्यकालको लागि अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

यस्तै सरकार , नागरिक समाज , गन्तब्य मुलुकका रोजगारदाता वा एजेन्सी, स्थानीयस्तरमा जनचेतना अभिवृद्धि , कामदारको सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगार ऐनको समय सापेक्ष परिमार्जनलाई पनि प्राथमिकता साथ उठान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नीजि क्षेत्रको प्रबर्द्धनका लागि सरकारले गर्नुपर्ने सहजीकरण, वैदेशिक रोजगार व्यवसायीको हक हित संरक्षण, श्रमिकको सुरक्षाका लागि सबै सरोकारवालाबीच साझा अवधारणा र एउटै मन्चको परिकल्पना आफुले गरेकाले त्यसलाई साकार पार्न पनि संघको नेतृत्वमा रहेर काम गर्न चाहेको खत्रीको भनाइ छ ।

वैदेशिक रोजगार क्षेत्रमा प्रत्यक्ष र परोक्षरुपमा आवद्द सबै संघ सस्थाको साझा संयन्त्र बनाइ साझा अवधारणा निर्माण गर्ने परिकल्पना समेत उहाँले गर्नुभएको छ ।

प्रकाशित मिति:     १० माघ २०८१, बिहीबार  |    Himali Khabar