२ महिनामा २ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो

२ महिनामा २ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । दुई महिनामा रेमिट्यान्स १५.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन र भदौमा २ खर्ब ६३ अर्ब १४ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो।

साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो भने भदौमा १ खर्ब २६ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

प्रकाशित मिति:     २९ आश्विन २०८१, मंगलवार  |    Himali Khabar