काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन टानको भदौं १७ मा हुने निर्वाचनको कार्यतालिका अन्तर्गत आज राती १२ बजेदेखि मौन अवधी सुरु हुँदैछ । मौन अवधी सुरु हुनु अघि आज नेतृत्वका लागि प्यानल सहित चुनावी मैदानमा होमिएका राजेन्द्र प्रसाद सापकोटा र सागर पाण्डे समूहले अन्तिम प्रचार–प्रसार गरेका छन् ।
सापकोटा समूहले गैह्रिधारा स्थित सिल्भर ओएक र पाण्डे समूहले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा विशेष कार्यक्रम गरि शक्ति प्रदर्शन गरेका छन् । दुबै समूहको अन्तिम प्रचार कार्यक्रममा पर्यटन व्यवसायी, मजदूर र पर्यटनसँग सम्बन्धित सरोकारवालाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
दुबै समूहले आ–आफ्नो प्यानलको जीत सुश्चित भएको दाबी गरेका छन् । भदौं १७ गते १२ देखि ५ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका १३ सयभन्दा बढी व्यवसायी सहभागि हुँदैछन् ।





