काठमाडौं । टानको भदौं १७ मा हुने निर्वाचनमा महासचिवका उम्मेवार राजेन्द्र प्रसाद सुवेदीले डिजिटल टान, व्यवसायीको शान निर्माणका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ। राजेन्द्र प्रसाद सापकोटा समूहले रसुवा–नुवाकोट पर्यटन समाजसँग गरेको अन्तरक्रिया कार्यक्रममा सुवेदीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।
डिजिटल टान निर्माण गर्ने क्रममा व्यवसायी र मजदूरका समस्या तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउने उहाँले बताउनुभयो । सिजनाको बेला सचिवालय र कार्यसमिति सदस्यहरुले चौबिसै घण्टा व्यवसायी र मजदूरलाई आउने समस्या सम्बोधन गर्न सेवामा खटिने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै विभिन्न पर्यटकीय संघसंस्था, नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसँग समन्वय गरि मुलुकको पर्वतीय पर्यटनको विकासमा काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यसका साथै वर्तमान कार्यसमितिले ल्याएका राम्रा कामहरुलाई निरन्तरता दिदै अधुरा कामहरु पूरा गर्न लाग्ने भन्दै यो निर्वाचनमा बिजयी गराई त्यो अवसर प्रदान गर्न सबैसँग आग्रह गर्नुभयो ।
नेपालस्थित विभिन्न कुटनीतिक नियोगसँग सहकार्य गर्दै नेपाल फर अल सिजन भन्ने नाराको प्रवद्र्धनमा समेत पहल गर्ने उहाँको घोषणा छ ।