टान निर्वाचन : राजेन्द्रप्रसाद सापकोटाको प्यानल घोषणा, कुन पदमा कसको उम्मेदवारी ? (सूचीसहित)

टान निर्वाचन : राजेन्द्रप्रसाद सापकोटाको प्यानल घोषणा, कुन पदमा कसको उम्मेदवारी ? (सूचीसहित)

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को नयाँ नेतृत्वका लागि राजेन्द्रप्रसाद सापकोटाको प्यानल घोषणापत्र सार्वजनिक गरिएको छ। काठमाडौंमा शनिबार एक कार्यक्रममा उम्मेदवारसहित प्यानलले घोषणापत्र सार्वजनिक गरेको हो ।

कांग्रेस र एमाले समर्थित व्यवसायीहरु गठबन्धन गरेर टानको निर्वाचनमा होमिएका हुन ।

सापकोटा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा र महासचिवमा राजेन्द्रप्रसाद सुवेदी रहेका छन् । सचिवमा रिन्जी जाङबु शेर्पा, सहसचिवमा लाक्पा टेम्बा शेर्पा र कोषाध्यक्षमा गौतमराज वाग्ले उम्मेदवार छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा सागर राई, सुमन अर्याल, राजु गुरुङ, दिनेश तिम्सिना, विश्व दाहाल, भुवनबहादुर खड्का, दावा ग्याल्त्सेन लामा, छ्याप्ते लामा र
पवित्रा तामाङ उम्मेदवार बनेका छन् ।

भदौं १७ मा हुने टानको निर्वाचनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति:     १ भाद्र २०८१, शनिबार  |    Himali Khabar