काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा नेपाल पर्यटन व्यवसायी संगठनले सागर पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्र समर्थित व्यवसायीहरुको उक्त संगठनको आज भएको छलफलले पाण्डेलाई सर्वसम्मत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
दशकौंदेखि पर्यटनमा सक्रिय पाण्डे २०७२ सालमा भएको टानको निर्वाचनमा अध्यक्षको प्रत्यासी बन्नु भएको थियो । तर त्यो समयमा आफ्ना प्रतिस्पर्धी चन्द्र रिजालसँग झिनो मतान्तरले पराजित हुनुभएको थियो ।
नेकपा एमाले निकट व्यवसायीहरुले यसअघि नै अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।