काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट पर्यटन व्यवसायी संगठन नेपालका महासचिवको नेतृत्वमा २३ जना सदस्य एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा प्रवेश गर्ने भएका छन् ।
एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटि अन्तर्गत पर्यटन व्यवसाय विशेष ईलाका कमिटिको विशेष भेलाले महासचिव बद्री प्रसाद तिमल्सिनाको नेतृत्वमा सचिव प्रदीप पण्डितसहित २३ जनालाई एमाले प्रवेश गराउने निर्णय गरेको हो । त्यसका लागि कमिटिले साउन २३ गते विशेष भेलाको आयोजना गरेको छ । उक्त भेलाबाट एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले उनीहरुलाई नेपाल राष्ट्रय पर्यटन व्यवसायी संगठन प्रवेश गराउने जीवन थापा मगरले जानकारी दिनुभयो ।
आजको बैठकमा एमाले विशेष प्रदेश कमिटिका सदय सिएन पाण्डे, उद्योग व्यवसाय जिल्ला कमिटिका अध्यक्ष गोविन्द घिमिरे, उपसचिव जीवन थापा मगर लगायतको सहभागिता रहेको थियो ।