एमाले समर्थित पर्यटन व्यवसायीले टानकाे अध्यक्षको उम्मेदवार सापकोटालाई बनाउने

एमाले समर्थित पर्यटन व्यवसायीले टानकाे अध्यक्षको उम्मेदवार सापकोटालाई बनाउने

काठमाडौं । नेकपा एमाले समर्थित व्यवसायीहरुले आसन्न पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा राजेन्द्र प्रसाद सापकोटालाई उम्मेदवारी निर्णय गरेका छन् । आज बिहान होटेल मनाङमा बसेको नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले बैठकले टानको आगामी निर्वाचनमा अध्यक्षमा सापकोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

संगठनको तर्फबाट अध्यक्षमा सापकोटासहित ५ जनाको दाबेदारी रहेको थियो । पुर्वमहासचिव हरि धरेल, पुर्वप्रथम उपाध्यक्षद्वय रणबहादुर खड्का, जीवन थापा मगर र पुर्व सचिब दामोदर ढकालको दाबेदारी थियो । त्यसबाट सर्वसम्मत सापकोटालाई चयन गरिएको नेकपा एमाले उद्योग व्यवसायी पर्यटन इलाका कमिटीका पुर्वअध्यक्षमा जिवन थापा मगरले जानकारी दिनुभयो ।

दुई दशक भन्दा लामो पर्वतीय पर्यटनको क्षेत्रमा सापकोटा नेपाल पर्यटन बोर्डका पूर्व संचालक समिति सदस्य समेत हुनुहुन्छ ।

बैठकमा एमालेको विशेष प्रदेश कमिटीका सदस्य सिएन पाण्डे, नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भगिरथ सापकोटा, उद्योग व्यवसाय जिल्ला कमिटी अध्यक्ष गोबिन्द घिमिरे लगायतको सहभागिता रहेको थियो ।

यस्तै बैठकले अन्य संगठनहरूसँग समन्वय र वार्ता गर्न संगठनका अध्यक्ष पूर्ण कुँवरको संयोजकत्वमा समिति गठन भएको छ  । जसको सदस्यमा यम बहादुर खड्का, जिबन थापा मगर, राम खड्का, बिष्णु पाण्डे, वान्चु शेर्पा र सुबास भण्डारी रहेका छन ।

प्रकाशित मिति:     ६ श्रावण २०८१, आईतवार  |    Himali Khabar