टानको अध्यक्षमा राजेन्द्र सापकोटाको उम्मेदवारी घोषणा

टानको अध्यक्षमा राजेन्द्र सापकोटाको उम्मेदवारी घोषणा

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा राजेन्द्र प्रसाद सापकोटाले उम्मेदवारी घोषणा गर्नुभएको छ। आउटडोर हिमालय ट्रेक्सका संचालक सापकोटाले सामाजिक संजाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँलाई आजै बिहान बसेको नेकपा एमाले समर्थित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले टानको आगामी निर्वाचनमा अध्यक्षको उम्म्ेदवार बनाउने निर्णय गरेको थियो । दुई दशक भन्दा लामो पर्वतीय पर्यटनको क्षेत्रमा सापकोटा नेपाल पर्यटन बोर्डका पूर्व संचालक समिति सदस्य समेत हुनुहुन्छ ।

यस्तै संगठनले सापकोटाको पक्षमा समर्थन जुटाउन अध्यक्ष पूर्ण कुँबरको संयोजकत्वमा अन्य संगठनहरुसँग समन्वय र वार्ता गर्न समिति समेत गठन गरेको छ ।

प्रकाशित मिति:     ६ श्रावण २०८१, आईतवार  |    Himali Khabar