होटल द्वरिकाजको सञ्चालिका अम्बिका श्रेष्ठको निधन

होटल द्वरिकाजको सञ्चालिका अम्बिका श्रेष्ठको निधन

काठमाडौं । होटल द्वरिकाजको सञ्चालिका अम्बिका श्रेष्ठको निधन भएको छ। ९२ वर्षको उमेरमा आज उनको निधन भएको हो ।

होटल व्यवसायका माध्यमबाट उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिइन् । सन् १९३३ मा भारतको सिक्मिमा जन्मिएकी श्रेष्ठ नेपालको पर्यटन क्षेत्रको पायोनियरका रुपमा स्थापित भइन्। श्रीमान् द्वारिकाज श्रेष्ठसँग मिलेर अम्बिकाले नेपालमै पहिलो पटक पुराना घर र ऐतिहासिक वस्तु (हेरिटेज)लाई होटलको रुप दिएर नेपालको पर्यटन क्षेत्रमै ठूला योगदान पुर्‍याउन सफल भइन्।

प्रकाशित मिति:     ३ श्रावण २०८१, बिहीबार  |    Himali Khabar