काठमाडौं । ठमेल पर्यटन विकास परिषद्का अध्यक्षका प्रत्यासी ध्रुव अधिकारीले व्यवस्थित ठमेल निर्माणका लागि आपूmले प्यानल सहित उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ ।
आज उम्मेदवारी घोषणा कार्यक्रममा उहाँले घरधनी र व्यवसायीहरुसँगको छलफलबाट ठमेललाई थप व्यवस्थित, सुरक्षित र पर्यटनमैत्री बनाउन आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
अहिले भइरहेका कामलाई निरन्तरता दिदै ठमेल भ्रमणमा आएका पर्यटकको बसाई लम्ब्याउन पहल गर्ने, ठमेलका व्यवसायी र घरधनीका समस्यालाई सम्बोधन गर्न र चौबिस घण्टा खुला गर्ने घोषणालाई थप व्यवस्थित र मर्यादित बनाउन पहल लिने जानकारी दिनुभएको छ ।
ठमेलका घरधनी र व्यवसायीहरुसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै उहाँले यसपटक आफूसहित आफ्नो टिमलाई विश्वास गर्ने पनि बताउनुभयो ।
एकअर्को प्रसंगमा उहाँले वर्तमान अध्यक्ष भविश्वर शर्माले सबैलाई अध्यक्षको लोभ देखाएर अन्तिममा आफै अध्यक्ष उठेको भन्दै झुट र आश्वासनको खेती मात्र गर्ने गरेको आरोप पनि लगाउनुभयो ।