ठमेल परिषद्को अध्यक्षमा अधिकारीको उम्मेदवारी घाेषणा

ठमेल परिषद्को अध्यक्षमा  अधिकारीको उम्मेदवारी घाेषणा

काठमाडौं । ठमेल पर्यटन परिषद् (टिटिडिसि) को अध्यक्षमा ध्रुव अधिकारीले उम्मेदवारी घोषणा गरेका छन । परिषद्को २८ औं र २९ औं साधारण सभा तथा निर्वाचन असार ३१ गते हुँदैछ ।

अधिकारीले प्यानल सहित उम्मेदवारी घाेषणा गरेका हुन । उनको समुहबाट परिषद्को प्रथम उपाध्यक्षमा तेन्जिङ लामा, द्वितीय उपाध्यक्षमा राजिव पाण्डे, तृतीय उपाध्यक्षमा श्रीकृष्ण थपलिया, महासचिवमा सोजेस मालाकार, सचिवमा पूण्यराम लगेजु र कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी दिएका छ्न ।

चुनावी प्रचारका लागि प्रषयराज भण्डारीको संयोजकत्वमा एक समितिमा समेत घोषणा गरिएको छ । यस्तै चुनावी अभियान सफल बनाउन डा रमशरण थपलियाको संयोजकत्वमा अर्को सल्लाहकार समिति पनि गठन गरिएको छ ।

प्रकाशित मिति:     २७ असार २०८१, बुधबार  |    Himali Khabar