काठमाडौं । चालू आर्थिक वर्ष २०८०–०८१ को ११ महिनामा नेपाल आउने विदेशीबाट ६९ अर्ब ४१ करोड रुपैयाँ आम्दानी भएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा भ्रमण आय ३५.१ प्रतिशतले वृद्धि भई ६९ अर्ब ४१ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रहेको थियो ।
तर भ्रमण व्यय ३९.५ प्रतिशतले वृद्धि भई १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय १ खर्ब ४ अर्ब २५ करोड रहेको छ । अर्थात विदेश अध्ययन गर्न जानेले १ खर्ब ४ अर्ब रुपैयाँ विदेश लगेका छन् ।