जुनमा ७६ हजार विदेशी पर्यटक आए नेपाल 

जुनमा ७६ हजार विदेशी पर्यटक आए नेपाल 

काठमाडौं ।  २०२४ को जुन महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। गत वर्षको यसै अवधिमा ७२ हजार २५० विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए।

यस्तै  २०२४ को  जनावरीदेखी जुनसम्म (६ महिना)मा ५ लाख ८३ हजार १६ पर्यटक भ्रमणमा आएका नेपाल पर्यटन बोर्डले जनाएको छ।

पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा एक लाख २८ हजार १६७, अप्रिलमा एक लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

प्रकाशित मिति:     १९ असार २०८१, मंगलवार  |    Himali Khabar