ठमेल पर्यटन परिषद्को साधारण सभा असार ३१ मा, नयाँ नेतृत्व चयन हुने

ठमेल पर्यटन परिषद्को साधारण सभा असार ३१ मा, नयाँ नेतृत्व चयन हुने

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को २८ औं र २९ औं साधारण सभा तथा निर्वाचन असार ३१ गते हुने भएको छ। असार १४ गते बसेको कार्यकारिणी समिति बैडकले असार ३१ गते सोमबार ठमेल स्थित होटल एलफ्टमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त साधारण सभाले परिषद्को आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । साधारण सभामा सहभागितका लागि असार २५ गतेसम्म सदस्यता नविकरण गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति:     १७ असार २०८१, आईतवार  |    Himali Khabar