कार्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

कार्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कार्तिकदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको उत्तर-पश्चिम, उत्तर-पूर्व, दक्षिण-पश्चिम र दक्षिण-पूर्वी भागमा धावनमार्ग, ‘ट्याक्सी-वे’ निर्माण गरिने भएकोले आगामी कार्तिकदेखि दैनिक १० घण्टा बन्द हुने विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनका अनुसार विमानस्थलको काम राति १० देखि बिहान ८ बजेसम्म हुनेछ । यतिबेलासम्म विमानस्थल बन्द रहनेछ ।

विमानस्थलको काम आउँदो कार्तिक २३ गते सुरु भएर चैत महिनासम्म हुने प्रवक्ता झाले जानकारी दिए ।

प्रकाशित मिति:     ११ असार २०८१, सोमबार  |    Himali Khabar