भारतले सार्वजनिक गर्यो कोरोना विरुद्धको औषधी ‘२–डीजी’

भारतले सार्वजनिक गर्यो कोरोना विरुद्धको औषधी ‘२–डीजी’

भारत । भारतले तयार गरेको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरिएको छ। भारतीय रक्षामन्त्री राजनाथ सिंहले आज स्वास्थ्य मन्त्री डा हर्षवर्धनको उपस्थितिमा २–डीजी नाम गरेको उक्त औषधि सार्वजनिक गरेका हुन्।

भारतीय रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) का अनुसार भारतको औषधि महानियन्त्रक९डीजीसीआई०ले आपतकालीन प्रयोगका लागि यो औषधिलाई अनुमति दिएको थियो। यो औषधि डीआरडीओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एण्ड अलायर साइन्सेज९इनमास०ले औषधि बनाउने कम्पनी डाक्टर रेड्डीज लेबोरेट्रीजसँग मिलेर विकसित गरेको हो।

२–डीजीले कोभिड–१९ का बिरामीको अक्सिजनमाथिको निर्भरतालाई कम गर्न सहयोग गर्ने जनाइएको छ। भारतमा दोस्रो लहरको कोरोनाका कारण सबैभन्दा ठूलो समस्या अक्सिजनको उपलब्धतालाई लिएर भइरहेको छ। २–डीजी औषधिको दश हजार डोजको पहिलो ब्याच सार्वजनिक गरिएको छ। धुलोको रुपमा आउने औषधिलाई पानीमा घोलेर खाने गरी तयार गरिएको जनाइएको छ। औषधि भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्नेछ।

भारतीय समाचार संस्थाहरुका अनुसार दोस्रो लहरबाट नराम्ररी प्रभावित बनेको भारतमा कोभिड १९ विरुद्धको उक्त औषधिले कोरोना सङ्क्रमण रोक्ने तथा अस्पतालमा उपचारार्थ बिरामी छिटो निको हुने विश्वास गरिएको छ। करिब एक वर्षको मेहनतपछि यो औषधि बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

उत्पादित औषधीको कोभिड–१९ बिरामीमा औषधिको सुरक्षा र प्रभावकारिताको जाँचका लागि परीक्षणको शुरुवात गरेको थियो। मेदेखि अक्टोबर २०२०को बीचमा गरिएको परीक्षणको दोस्रो चरणमा औषधि कोभिड–१९ बिरामीमा सुरक्षित पाइएको थियो र उनीहरुको अवस्था सुधारमा निकै महत्वपूर्ण पाइएको बताइएको छ ।

प्रकाशित मिति:     ३ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar