काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो छिमे छिरिङ्ग डा. ल्हारक्याल लामाले नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइयोङ सगं शिष्टचार भेटवार्ता गरेका छन् ।
भेटमा कोषका उपाध्यक्ष लामाले बृतत्तर लुम्बिनी गुरुयोजना कार्यान्वयनको अवस्था र बुद्ध जन्मभुमिबारे राजदुत ताइयोङलाई जानकारी गराए ।

कोरियाली राजदुतले लुम्बिनीको पुरातात्वीक र साँस्कृतिक महत्वबारे जानकारी सहित कोरियाली पर्यटकको आवागमन बढाउनेगरी काम गर्न आफु इच्छुक रहेको बताए । राजदुत ताइयोङले लुम्बिनीको वृहत्तर विकासका लागि लामा नेतृत्वको कोषले खेलिरहेको भुमिकाको प्रसंशा गर्दै कोरिया सरकारका तर्फबाट आवश्यक सहयोग र सहजिकरण हुने बताए ।

कोरियाली बौद्धमार्गीलाई नेपालको लुम्बिनी भ्रमणका लागि आवश्यक पहल गर्न कोरिया सरकार सधैं तयार रहेको बताउँदै राजदुत तोइयाङले लामा नेतृत्वमा आएसँगै लुम्बिनीबारे विश्वभर थप प्रचार भइरहेको भन्दै खुशी व्यक्त गरे । भेटमा आगामी दिनमा नेपाल र कोरियाबीच थप सहयोग आदान प्रदान र लुम्बिनीको विकासमा सहकार्यको विविध पाटाबारे छलफल भएको कोषका कार्यकारी सदस्य श्याम रोक्काले जानकारी दिए ।
