काठमाडौं । काठमाडौंमा समिट इभेन्ट एण्ड मार्केटले आयोजना गरेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो सम्पन्न भएको छ । एक्स्पोमा नेपाल, भारत, माल्दिभ्स, भुटान, मलेसिया, युएई, पाकिस्तान लगायत देशका पर्यटन व्यवसायीले आफ्ना उत्पादन तथा सेवाका स्टल राखेका थिए ।
जसमा होटल व्यवसायी, ट्राभल्स एण्ड टुर्स, एयरलायन्स, रिर्सोटका साथै स्थानीय कला संस्कृतिका स्टलहरु समावेश थिए । एक्स्पोको सबैभन्दा आकर्षक काठमाडौं महानगरपालिकाको तर्फबाट राखिएका स्थानीय परिकार, संस्कृतिका साथै मूर्तिकलाका स्टलहरु थिए ।
दोस्रो इन्टरनेशनल टुरिजम एक्स्पो आगामी वर्ष सन् २०२५ को मे ३० र ३१ तारिकमा हुने ।
पहिलो एक्स्पोमा १६ देशका व्यवसायीहरुको सहभागि थियो ।१२८ वटा स्टल रहेका थिए । ३५ सयभन्दा बढी अवलोकनकर्ताहरुले अवलोनक गरेको संयोजक विष्णु पाण्डेले जानकारी दिनुभयो ।