चिनियाँ संस्कृति मन्त्रीको लुम्बिनी भ्रमण, चीनबाट धार्मिक पर्यटक बढ्ने आशा

चिनियाँ संस्कृति मन्त्रीको लुम्बिनी भ्रमण, चीनबाट धार्मिक पर्यटक बढ्ने आशा

काठमाडौं । चिनियाँ राष्ट्रिय धार्मिक सांस्कृतिक ममिला प्रशासन मन्त्री छेन रुइफेंङ सहितको उच्चस्तरीय टोलीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेको छ ।

भ्रमण टोलीलाई लुम्बिनीमा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामासहित कोषका अधिकारीले भब्य स्वागत गरे । कोषका सदस्य सचीव सानुराजा शाक्या, नगर उपप्रमुख कल्पना हरिजनसहितले मन्त्री छेनको टोलीलाई स्वागत गरेको थियो ।

कोषका उपाध्यक्ष लामाले बृतह्तर लुम्बिनी गुरुयोजना कार्यान्वयनको अवस्था र बुद्ध जन्मभुमिबारे मन्त्री छेनलाई जानकारी गराए । भ्रमणका क्रममा मन्त्री छेनले लुम्बिनीको पुरातात्वीक र साँस्कृतिक महत्वबारे चाख दिएर अवलोकन गरे । मन्त्री छेनले लुम्बिनीको वृहत्तर विकासका लागि लामा नेतृत्वको कोषले खेलिरहेको भुमिकाको प्रसंशा गर्दै आवश्यक सहयोगको पहल गर्ने बताए । कोषका उपाध्यक्ष लामाले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा हवाइ उडान र चिनियाँ पर्यटकलाई लुम्बिनी भ्रमणका लागि चीन सरकारले पनि आवश्यक पहल गरिदिन आग्रह समेत गरे ।

मन्त्री छेङ रुइफेङले लुम्बिनीमा रहेको चिनियाँ मन्दिर र बौद्ध धर्मको प्रचार प्रसार, लुम्बिनीको पर्यटन प्रवर्द्धन र लुम्बिनी क्षेत्रमा रहेका नेपालीसँग भेटघाटका लागि आफू लुम्बिनी भ्रमणमा आएको बताए । मन्त्री छेन, चीनका लागि नेपाली राजदुत चेन सोङ्ग, चिनियाँ राष्ट्रिय धार्मिक मामिला ब्युरो प्रमुख हुआङ झेंङसहितको टोली लुम्बिनी पुगेको थियो ।

प्रकाशित मिति:     ३१ जेष्ठ २०८१, बिहीबार  |    Himali Khabar