४ जना डीएसपी एसपीमा बढुवा सिफारिस

४ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार जना डीएसपी एसपी मा बढुवा सिफारिस भएका छन् । डीएसपीहरु प्रदीप बहादुर क्षेत्री, नारायण रंजितकार, अनन्त राम शर्मा र एक नारायण कोइराला एसपीमा बढुवा सिफारिस भएका हुन् ।

बढुवा समितिको निर्णयअनुसार भएको बढुवा सिफारिस प्रहरी प्रधान कार्यालयले नियमावलीअनुसार सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति:     १९ जेष्ठ २०८१, शनिबार  |    Himali Khabar