काठमाडौं । आर्थिक ऐन २०८० मा हवाई टिकटमा भ्याट लगाउने व्यवस्थालाई आगामी बजेटमा पनि यथावत राखिएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायतका पर्यटकिय संघसंस्थाहरुले भ्याट हटाउनु पर्ने माग राख्दै अर्थमन्त्री बर्षमान पुनसंग ज्ञापनपत्र बुझाएका थिए ।
चालू बर्षको बजेट सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले हवाई टिकटमा १५ प्रतिशत भ्याट लगाउने निर्णय गरेपनि त्यो लागू भने असोज १० गतेदेखि मात्र भएको थियो ।
यस बापत यो बर्षको बैशाखसम्म सरकारले ४ अर्ब८२ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।