पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी पण्डितलाई, भोलिबाट जिम्मेवारी सम्हाल्ने

पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी पण्डितलाई, भोलिबाट जिम्मेवारी सम्हाल्ने

काठमाडौं । पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रुद्रप्रसाद पण्डितलाई दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयले गृह मन्त्रालयका सहसचिव पण्डितलाई महानिर्देशकको जिम्मेवारी दिएको हो ।

उनले आजै गृह मन्त्रालयबाट बिदाइ लिएका छन् । भोलीबाट विभागको जिम्मेवारी सम्हाल्ने उनले जानकारी दिएका छन । उनी विगत ८ बर्ष ६ महिना गृह मन्त्रालय र अन्तर्गतको विभिन्न विभागको जिम्मेवारी बहन गरिसकेका छन् ।

प्रकाशित मिति:     २ जेष्ठ २०८१, बुधबार  |    Himali Khabar