एमालेको पर्यटन व्यवसाय बिशेष ईलाकामा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति

एमालेको पर्यटन व्यवसाय बिशेष ईलाकामा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति

काठमाडौं । नेकपा एमाले उपत्यका बिशेष प्रदेश, उद्योग व्यवसाय बिशेष जिल्ला अन्तर्गत पर्यटन व्यवसाय बिशेष ईलाका कमिटिमा नयाँ कार्यसमिति चयन भएको छ । आज भएको छैठौं अधिबेशनबाट विष्णु पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको उपाध्याक्ष भिष्म न्यौपाने, सचिबमा जिबन थापालीया, उप सचिव गोपाल श्रेष्ठ र संगीता खनाल चयन भएका छन ।

यस्तै कार्यसमिति सदस्यहरुमा सुजन आचार्य, धुर्ब लम्साल, भिम तामाङ् , रुबी भण्डारी , पिताम्बर गुरुङ , शुदर्शन पौडेल , बिदुर खतीवाडा छन् ।

लेखा समितिको अध्यक्षमा भने हेम कार्की , उपाध्याक्ष माया गर्भुजा पुन र सचिवमा अमृत सापकोटा चयन भएका छन् ।

प्रकाशित मिति:     २९ बैशाख २०८१, शनिबार  |    Himali Khabar