पर्यटन सचिबको जिम्मेवारी पाण्डेलाई

पर्यटन सचिबको जिम्मेवारी पाण्डेलाई

काठमाडौं । मन्त्रीपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ ।  बैठकले गणेश पाण्डेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरेको छ । यसपअघि उनी प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा थिए ।

यस्तै दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालय, दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रेवतीरमण पौडेललाई कृषि विकासमा र गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति:     २१ बैशाख २०८१, शुक्रबार  |    Himali Khabar