पर्यटन बोर्डको सीईओका लागि ११ जनाको आवेदन पर्यो (सूची सहित)

पर्यटन बोर्डको सीईओका लागि ११ जनाको आवेदन पर्यो (सूची सहित)

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि ११ जनाले निवेदन दिएका छन् । सीईओका लागि निवेदन दिने अन्तिम दिन बिहीबारसम्म हो । बिहीबार दिउँसोसम्म ११ जनाको निवेदन परेको बोर्डले जनाएको छ।

बोर्डका पूर्वसीईओ दीपकराज जोशी, बोर्डका निर्देशक हिक्मतसिंह ऐर, म्यानेजर श्रद्धा श्रेष्ठ र नवीन पोखरेलले सीईओका लागि निवेदन दिएका छन् ।
यस्तै ठाकुरप्रसाद देवकोटा, राजाराम गिरी र ज्ञानेश्वर महतोले पनि निवेदन दिएका छन् ।

यस्तै लुम्बिनी विकास कोषका प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राई, विजय नेपाल, पदम बम र सूर्य घिमिरले पनि सीईओका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति:     ६ बैशाख २०८१, बिहीबार  |    Himali Khabar