ललितपुर । सानेपास्थित स्टार अस्पताल र जिल्ला प्रहरी परिसर ललितपुरबीच महिनामा दुई पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्बन्धित सम्झौता भएको छ । शनिबार भएको सम्झौतामा ललितपुर प्रहरी परिसर मातहतका प्रहरी कर्मचारी र न्यायिक हिरासतमा रहेका थुनुवाको महिनाको पहिलो र तेस्रो हप्ताको शनिबार निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्बन्धि सम्झौता भएको हो ।
सम्झौताअनुसार स्टार अस्पतालका चिकित्सकहरुले महिनाको दुई पटक ललितपुर प्रहरी परिसरको हाताभित्र प्रहरी र थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन् ।
स्वास्थ्य परीक्षणबाट थप उपचार आवश्यक परेका प्रहरी तथा थुनुवाको उपचार सेवामा पनि स्टार अस्पतालले विशेष छुटको व्यवस्था गर्नेछ । जसमा बेड चार्ज, ल्याब टेष्ट, रेडियोलोजी र अन्य सेवामा २५ प्रतिशत छुट दिनेछ भने शल्यक्रिया शुल्कमा १५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिनेछ ।