नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ । आज थप १ सय ४५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ हजार १ पुगेको छ ।

पछिल्लो पटक ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १९ हजार ५ सय ३९ जनाको पीसीआर परीक्षणका क्रममा ७ हजार ३ सय १६ र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार आज काठमाडौंमा २ हजार ६ सय ९ जनामा संक्रमण देखिएको छ । जसमध्य काठठमाडौंमा १८ सय ८१ जना, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जनामा संक्रमण देखिएको छ ।

आजसम्म देशभर १ लाख १० हजार सक्रिय संक्रमित रहेकोमा १ लाख २ हजार ४ सय ४५ जना होम आइशोलेशनमा रहेका छन् ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar