युरोपेली संघले नेपाली युवालाई जलवायु अनुकुलन तथा हरित अर्थ तर्फ प्रेरित गर्दै

युरोपेली संघले नेपाली युवालाई जलवायु अनुकुलन तथा हरित अर्थ तर्फ प्रेरित गर्दै

काठमाडौ । नेपालस् युथ इनोभेसन ल्यावले कोसोर्टियम साझेदारहरु क्रीएसन, रेस्टलेस डेवेलोप्मेन्ट र सिडिएम एससंग वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा सम्बन्धी परियोजनाको दोस्रो बार्षिक कार्यक्रम बुधबार काठमाडौँमा सफलता पुर्वक आयोजना गरेको छ ।

यस परियोजना नेपाली युवालाई जलवायु अनुकुलन तथा हरित अर्थ तर्फ प्रेरित गर्न युरोपेली संघको आर्थिक सहयोगमा संचालन गरिएको हो । कार्यक्रममा कर्णाली प्रदेशमा यस वर्ष हासिलगरेको सफलता प्रस्तुत गदै यस परियोजनाले युवा पुस्तालाई सुशासन, उद्यमशीलता र डिजिटल पैरवीको माध्यमद्वारा जलवायु परिवर्तनको न्यूनीकरण तर्फ अग्रसर गरेको जानकारी प्रदान गरियो ।

दुई वर्ष अघि संचालन गरिएको यस परियोजना मधेश प्रदेशबाट सुरु भएको थियो । गत वर्ष कर्णाली प्रदेशमा संचालन गरिएको यो परियोजनाले उल्लेखनीय मात्रामा युवाहरु माझ पुग्न सफल भएको छ ।

कर्णाली प्रदेशमा परियोजना मार्फत १,९५४ युवाहरु सक्रिय रूपमा सहभागी थिए भने ४५० सरकारी प्रतिनिधीहरूले विपद तथा जलवायु परिवर्तन अनुकुलनबारे अभिमुखीकरण पनि प्राप्त गरे ।साथै, ३,९१८ भन्दा बढी स्थानीयहरु पूर्वाधार जस्तो महत्वपूर्ण विषयमातथ्याङ्क सङ्कलन कार्य र जोखिम क्षमता मूल्याङ्कनमा संलग्नता थियो भने १७ क्षेत्रीय र स्थानीय विशेषज्ञहरूकोसंलग्नता पनि रहेको थियो । “क्लाइमेट फेलोसिप” कार्यक्रम परियोजनाको एक प्रमुख पाटो हो जसमा १० युवालाई परिचालित गरिएको थियो ।

ती युवाले पूर्वाधार सम्बन्धी १,७८२ तथ्याङ्क सङ्कलन गरेका छन् । त्यसैगरि परियोजनामार्फत दिगो व्यापारलाई बढावा दिन ६ जना नवप्रवर्तनशील उद्यमीहरूलाई यस वर्षको नवप्रवर्तन अनुदान प्रदान गरियो।

यसबाहेक, एक डिजिटल पैरवी सम्बन्धी अभियान मार्फत ६०० भन्दा बढी युवा तथ्याङ्कमा आधारित पैरवी गर्न सामेल भएका थिए र तथ्याङ्कमा आधारित विकासको पैरवी गर्नका निम्ति १,५०० भन्दा बढी पहिरो सम्बन्धी तथ्याङ्क सङ्कलन भएको छ ।

काठमाडौँमा आयोजित उक्त कार्यक्रमको सुरुवात “इनोभेसन वाक”बाट भएको थियो जसमा परियोजना मार्फत भएका नवप्रवर्तन कार्यहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा यस वर्षको नवप्रवर्तन अनुदान बिजेता भएका ६ जना बिजेताहरुले आफ्नो सामाग्रीहरु प्रदर्शनमा राखेका थिए भने “क्लाइमेट फेलो”हरुले आफुले पालिकामा बस्दाको अनुभव र भोगाईहरु बाड्दै तथा तयार गरेका रिपोर्टहरु पनि राखिएको थियो । त्यसैगरि, डिजिटल स्वयंसेवकले अभियानको दौरानमा संकलन गरेका पहिरो सम्बन्धी तथ्याङ्कहरु प्रदर्शनीमा अवगत गराएका थिए ।

कार्यक्रमको सुरुवातमा युरिपेली संघका तर्फबाट एलोइसा अस्टुडिलोले भन्नुभयो – “युवाहरूसँग काम गर्नु भनेको हामीले ऊर्जावान र गतिशिल मानिसहरूसँग काम गरिरहेका छौं” । विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्याको हल गर्नको निम्ति युवाहरुको भूमिका निकै अतुलनीय रहेको भन्दै कर्णालीमा भएको प्रगतिको प्रंशसा गर्दै आगामी वर्ष सुदूरपश्चिममा पनि यस्तै परिवर्तनका प्रयासहरू गर्ने आशा व्यक्त गर्नुभयो ।

युथ इनोभेशन ल्यावको तर्फबाट परियोजना प्रमुख गोमा कार्कीले परियोजनाका तीन स्तम्भहरू सुशासन, उद्यमशीलता र वकालतबारे विस्तृत जानकारी दिनुभयो ।उनले जलवायु नीतिमा तथ्याङ्क एकीकरणको माध्यमबाट परियोजनाको प्रभाव र सक्रिय जलवायु कार्यमा युवाहरूलाई संलग्न गराउने फाइदाहरूमा जोड दिनुभयो ।

मर्सी कोर्प्सका अन्तर्राष्ट्रिय कार्यक्रम निर्देशक सेशियल अधिकारीले युथ इनोभेसन ल्याबसँगको साझेदारीलाई प्रकाश पार्दै पैरवी र डिजिटलाइजेसनमा सहकार्यका लागि जोड दिनुभयो । परियोजनाले मधेस प्रदेश र कर्णाली प्रदेशमा “क्लाइमेट फेलोशिप” लाई सहयोग गर्न महत्वपूर्ण भूमिका खेलेको छ भन्दै अधिकारीले आगामी दिनमा पनि निरन्तर सहकार्यको लागि उत्साह व्यक्त गर्नुभयो ।

क्रीएसनले नेतृत्व गरेको यस परियोजनाको महत्वपूर्ण अंगहरू मध्ये एक, जलवायु स्मार्ट उद्यमशीलता, कर्णाली प्रदेशका युवा र महत्वाकांक्षी उद्यमीहरूमाझ महत्वपूर्ण प्रभाव र संलग्नता रहेको छ। कार्यक्रमको सम्पूर्ण प्रक्रियामा कर्णाली प्रदेशका ४५० भन्दा बढी युवाहरूसम्म पुगेर आउटरिच गतिविधि, बुटक्याम्प, उद्यमी अड्डा सत्रहरू सञ्चालन गरिएको थियो।

आउटरिच सत्रहरू कर्णालीका ९ शैक्षिक संस्थाहरू, ३ युवा क्लबहरू र २ सामुदायिक केन्द्रहरूमा पुगेका थिए, जसले दिगो र हरित भविष्यका लागि जलवायु स्मार्ट उद्यमहरूको महत्त्वबारे युवा पेशेवरहरूलाई चेतना र प्रेरणा प्रदान गर्‍यो। अनुदानको लागि ८७ आवेदनहरू प्राप्त गर्दै, २० उद्यमहरू कठोर प्रक्रिया पछि छनोट गरियो। क्लाइमेट स्मार्ट इन्टरप्रेन्योरसिपको उत्कृष्ट २० फाइनललाई आमन्त्रित गर्दै बुट क्याम्प आयोजना गरिएको थियो।

बुट क्याम्प तीन दिने गहन प्रशिक्षण कार्यक्रम थियो जहाँ शीर्ष २० फाइनलहरूले आफ्नो क्लाइमेट स्मार्ट व्यवसाय स्थापना गर्न वा उचाल्न आवश्यक आधारभूत सीपहरू निर्माण गर्ने र सिक्ने अवसर पाएका थिए। बुट क्याम्पले विशेष रूपमा परम्परागत शैक्षिक वातावरण बाहिर डिजाइन गरिएको ह्यान्ड्स९अन दृष्टिकोणले सुसज्जित थियो जहाँ सहभागीहरूले विशेषज्ञहरूबाट व्यावहारिक ज्ञान, अन्तरक्रियात्मक सत्रहरू, र अन्य महत्वाकांक्षी उद्यमीहरूसँग सञ्जालका अवसरहरूका सन्दर्भमा विशेष सीपहरू सिक्न गहन कार्यक्रमहरूमा पहुँच गर्न सक्छन्।

जलवायु स्मार्ट उद्यमशीलता कार्यक्रम मार्फत, क्रीएसनले १६ वटा ७३घढसउद्यमीको अड्डा सत्रहरू पनि सञ्चालन गर्‍यो, विभिन्न पृष्ठभूमिका विज्ञहरूले विभिन्न विषयहरूमा तालिमहरू उपलब्ध गराए जसले चुनिएका उद्यमहरूलाई उनीहरूको जलवायु स्मार्ट उद्यमहरू निर्माण गर्दा उत्पन्न हुन सक्ने कुनै पनि प्रश्न, चुनौती वा समस्याहरूमा मद्दत गर्न मद्दत गर्यो।

यस प्रक्रियामा २० वटा क्लाइमेट स्मार्ट इन्टरप्राइजेजले आफ्नो उद्यम निर्माण गर्न तालिम, कार्यशाला र सहयोग प्राप्त गरे। यसबाट कर्णाली प्रदेशका छ जना नवप्रवर्तन अनुदान विजेताहरूले आफ्नो उद्यम सुरु गर्न र उद्यमहरूको लागि दिगो प्लेटफर्म प्रवर्द्धन गर्न १,२५,००० प्राप्त गरे।

क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रा र युरोपेली युनियन नेपालका कार्यक्रम प्रबन्धक रोसाल्बा टुसेओले जलवायु स्मार्ट उद्यमीहरूलाई आफ्नो विचारलाई जलवायु स्मार्ट उद्यममा निर्माण गर्ने यात्रामा तालिम दिने र मेन्टरशिप प्रदान गर्ने सल्लाहकारहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरे।

उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जलवायु परिवर्तनसँग लड्न नवप्रवर्तनको भूमिकालाई उल्लेख गदै युवाहरूमाझ उद्यमशीलताका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । युथ इनोभेसन ल्यावका कार्यकारी निर्देशक प्रदीप खतिवडाले यूरोपेली संघ र अन्य साझेदारहरूलाई कृतज्ञता व्यक्त गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण, उद्यमशीलता र डिजिटल पैरवीमा युवाहरूलाई सशक्तिकरण गर्न युथ इनोभेसन ल्याव समर्पण रहेको कुरा प्रस्ट पार्नुभयो ।

परियोजनाका साझेदारहरू रेस्टलेस डेभलपमेन्ट, क्रिएसन नेपाल र प्रकोप व्यवस्थापन अध्यन केन्द्र हुन् । कार्यक्रममा साझेदार संघका प्रतिनिधि, आयोजना कार्यान्वयन भएका कर्णाली प्रदेशका पालिकहरुको प्रतिनिधिका साथै वातावरण प्रवर्द्धन र जलवायु परिवर्तनसंग संलग्न युवाहरूको समेत उपस्थिति थियो ।

प्रकाशित मिति:     १२ माघ २०८०, शुक्रबार  |    Himali Khabar