नाडाको अध्यक्षमा चौधरीलाई सहमति

नाडाको अध्यक्षमा चौधरीलाई सहमति


काठमाडौं । अटोमोइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी अध्यक्षमा करण चौधरी बन्ने सहमति भएको छ।

प्रतिस्पर्धामा आकाश गोल्छा प्रकाश कपुरी र करण चौधरी रहेकोमा चौधरीलाई सर्वसम्मत गर्ने निर्णय गरिएको नाडाले जनाएको छ।

लामो प्रयासपछि मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरूसमेतको बैठकले सहमति गराउन सफल भएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए।

अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति जुटेको समेत थापाले बताए। यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको हो ।

प्रकाशित मिति:     ४ पुष २०८०, बुधबार  |    Himali Khabar