डा.रमिलको पहलमा न्यूजिल्याण्डको अपर हटमा बन्ने भो मन्दिर

डा.रमिलको पहलमा न्यूजिल्याण्डको अपर हटमा बन्ने भो मन्दिर

काठमाडौं । न्यूजिल्याण्डको अपर हटमा मन्दिर निर्माण गरिने भएको छ । न्यूजिल्याण्डस्थित नेप्लीज कल्चर एन्ड टुरिजम प्रमोशन फोरमका अध्यक्ष डा. रमिल अधिकारीको विशेष पहलमा मन्दिर निर्माण हुने भएको हो ।

अधिकारीले अपर हटका मेयर वाइनी गपीलाई मन्दिर निर्माणका लागि प्रस्ताव पेश गर्नुभएको छ । उक्त प्रस्तावलाई मेयर गपीले निकै सकारात्मक रुपमा लिनुभएकाले अब छिटै मन्दिर निर्माण हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।

नेपाली कलासंस्कृति र पर्यटन प्रवद्र्धनमा लामो समयदेखि सक्रिय अधिकारीको यो पहलले विश्व जगतमा नेपाली धर्म र संस्कृतिको प्रचार गर्ने छ । न्यूजिल्याण्डमा अहिलेसम्म नेपाली शैलीको मन्दिर नरहेकाले नेपालीसहित विश्वभरका हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्र स्थापना गर्न लागेको उहाँले जानकारी दिनुभयो । जसले नेपाली र विश्वभरबाट न्यूजिल्याण्ड आउने पर्यटकहरुका लागि नयाँ धार्मिक गन्तव्य बन्नुका साथै नेपाली कलासंस्कृतिको पनि प्रचार-प्रसार हुने उहाँको विश्वास छ ।

मन्दिर निर्माण गर्ने परिकल्पनाबारे अधिकारीले सुनाए- `म लामो समयदेखि यहाँ बसोबास गर्दै आएको छु । तर मेरो आमा र मामा जसले यहाँ नेपाली शैलीको मन्दिर नभएकोमा निकै खल्लो महसुश गरिरहनु भएको थियो । हिन्दुधर्मावलम्बी मेरो आमा र मामाको त्यो गुनासोले मलाई मन्दिर निर्माणका लागि प्रेरणा दियो र त्यसलाई मैले मेयर हटसँग प्रस्ताव गरे र उहाँले पनि यसलाई सकारात्मकरुपमा लिनुभएको छ, आशा छ अब छिट्टै मन्दिर दर्शन गर्न पाउने छौ ।´

न्यूजिल्याण्ड सरकारको स्वास्थ्यमन्त्रालयको उच्च ओहोदामा समेत कार्यरत हुनुहुन्छ । जुन बिरलै नेपालीहरुले प्राप्त गर्ने अवसर हो ।

यस्तै उहाँकै पहलमा अब छिट्टै अपर हट र नेपालको पोखरा महानगपालिकाबीच भगिनी सम्बन्ध समेत बिस्तार हुँदैछ । त्यसले दुइदेशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उहाँको विश्वास छ ।

प्रकाशित मिति:     २० मंसिर २०८०, बुधबार  |    Himali Khabar