कोरोनाबाट २४ घन्टामा विश्वमा ११ हजार ८ सय २० को मृत्यु

कोरोनाबाट २४ घन्टामा विश्वमा ११ हजार ८ सय २० को मृत्यु

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ११ हजार ८ सय २० जनाको ज्यान गएको छ । त्यसमा पनि भारतमा सबैभन्दा बढी ४ हजार ९० जनाको ज्यान गएको छ ।

यस्तै ब्राजिलमा २ हजार ६७ जनाको मृत्यु भएको छ। यसैगरी अमेरिकामा ४९८, रुसमा ३६४, टर्कीमा २३६, अर्जेन्टिनामा ४००, कोलम्बियामा ५३०, पोल्यान्डमा २९८, मेक्सिकोमा २५८, युक्रेनमा ३२२, इरानमा २००, नेपालमा १८७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar