काठमाडौं । नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक एआईजी टेकप्रसाद राईले नेपालमा रहेका इजरायली नागरिकको सुरक्षा निगरानी बढाउन निर्देशन दिएका छन्।
सोमबार सातवटै प्रदेशका प्रहरी प्रमुख र उपत्यका प्रहरी प्रमुखलाई राईले यस्तो निर्देशन दिएका छन्। निमित्त आईजीपी राईको निर्देशनसँगै देशभरका जिल्लाबाट इजरायली नागरिकको तथ्यांक संकलन गर्न सुरु गरिएको छ।