स्टार हस्पिटलले सर्वसाधारणका लागि शेयर जारी

स्टार हस्पिटलले सर्वसाधारणका लागि शेयर जारी

काठमाडौं । स्टार हस्पिटलले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ । हस्पिटलले शेयर जारी गर्न आज मुक्तिनाथ क्यापिटललाई बिक्री प्रवन्धमा नियुक्त गरेको छ ।

अध्यक्ष किशोर महर्जन र क्यापिटलका सिइओ कविन्द्र ध्वज जोशीले बिक्री प्रवन्ध नियुक्ति सम्बन्धि पत्रमा हस्ताक्षर गरे । हस्पिटलले ४० करोड पुँजी बराबरको १०० कित्ता अङ्कित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

करिव ६९ करोड चुक्ता पुँजी भएको हस्पिटलसंग २५ प्रतिशत अग्राधिकार शेयरसहित ८५ करोड चुक्ता पुँजी रहेको अवस्थामा यो निश्कासन संगै केही संस्थागत लगानीकर्ताहरु, बिमा कम्पनीहरु, प्राइभेट इक्विटि कम्पनीहरु तथा निजि संस्थागत लगानीकर्ता सबैको गरि चुक्ता पुँजी २ सय अर्व भन्दा माथी हुने छ ।

प्रकाशित मिति:     ४ आश्विन २०८०, बिहीबार  |    Himali Khabar