एनआरएनए काेषाध्यक्षमा ढुंगानाको उम्मेदवारी, यस्ता छन प्रमुख एजेन्डा ?

एनआरएनए काेषाध्यक्षमा ढुंगानाको उम्मेदवारी, यस्ता छन प्रमुख एजेन्डा ?

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको काेषाध्यक्षमा ठाकुर प्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गर्नुभएको छ । संघको अधिवेशन आगामी अक्टोबर १७ देखि २० मा हुदैछ ।

ढुंगाना एनआरएनए एनसीसी युएईका निवर्तमान अध्यक्ष हुन । आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पु¥याउनका लागि कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको जानकारी दिनुभयो । प्रवासी नेपालीहरुको हकहित र अधिकार तथा एनआरएनको संस्थागत विकास, आर्थिक पारदर्शिता, श्रमिकमैत्री एनआरएन बनाउनु आफ्नो प्रमुख एजेन्डा रहेको बताउनुभएको छ ।

यस्तै एनआरएनलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन नितिगत र सस्थागत पहल गर्नु आफ्नो प्रमुख कार्यभार हुने भन्दै उहाँले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति:     २८ भाद्र २०८०, बिहीबार  |    Himali Khabar