एनआरएनए आईसीसीको कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानाको उम्मेदवारी

एनआरएनए आईसीसीको कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानाको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को २०२३-२०२५ कार्यकालको लागि कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुन गईरहेको एनआरएनए आईसीसीको ११ औं महाधिबेशनका लागि ढुंगानाले आइतबार यूएईमा रहेर पत्रकार सम्मेलन मार्फत कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए एनसीसी युएईका अध्यक्ष रहेका ढुंगानाले एनआरएनए यूएईको अधिबेशन सफलतापुर्वक सम्पन्न गरि आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पु¥याउनका लागि कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको बताए । एनआरएनए अभियानमा लागेर ‘अतिथि देवो भव’ लगायत अन्य धेरै कार्यक्रममा सक्रिय सहभागी भएका ढुंगानाले आफ्नो कार्याअनुभव प्रस्तुत गरिसकेका छन् ।

उनले भनेका छन्–‘एनआरएनए यूएईको अध्यक्ष भएर गरेको काम र आइसीसीसँग नजिक भएर आफुलाई अगाडि बढाइरहँदा सबैको सल्लाह र सुझाव अनुसार आगामी २०२३–२५ कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।’कोरोना महामारीका बेला श्रमिकहरुसँग नजिक रहेर काम गरेका ढुंगानाले विश्वभरका नेपालीमा आफ्नो सक्रियता देखाइसकेका छन् । दुई कार्यकाल आइसीसी सदस्य भएर एनआरएनए अभियानमा निखारिएका ढुंगाना सबैमा परिचित छन् ।

एनआरएनएको मर्म र विधिविधान अनुसार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको जानकारी दिदै ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता, आर्थिक आत्मनिर्भरता, सदस्यता शुल्कमा न्युनिकरण र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकता राख्ने जनाएका छन् । एनआरएनए अभियानमा आम श्रमिकलाई जोड्नका वैकल्पिक स्रोत जुटाएर समेट्ने योजना गरेको ढुंगानाको प्रतिवद्धता रहेको छ ।केही दिनमा नै प्रतिवद्धता पत्रसहित अन्य देशमा रहेका एनआरएनएहरुसँग छलफल तथा भेटघाट गर्न निस्कने ढुंगानाको भनाई छ ।

प्रकाशित मिति:     १२ भाद्र २०८०, मंगलवार  |    Himali Khabar