रौतहट नेबिसंघ रुष्ट :भारत बस्ने मन्त्री यादवको छोरा रबि नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य

रौतहट नेबिसंघ रुष्ट :भारत बस्ने मन्त्री यादवको छोरा रबि नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य

काठमाडौं । नेपाल बिद्यार्थी संघको केन्द्रिय तदर्थ समितिको पुर्णता पाएको छ।मधेस प्रदेशका सभापति एवम् भौतिक पुर्वाधार मन्त्री कृष्ण यादवले आफ्नो गृह जिल्ला रौतहटमा नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्यमा दिल्ली बस्ने आफ्नो छोरा रबि यादवलाई केन्द्रिय समितिमा मनोनित गराएका छन् ।

शक्तिको दुरुपयोग गर्दै सभापति यादवले पूर्व सिडियो रामशरण चिमोरियाका ४ बर्ष देखि विदेश रहेका छोरा डा रितेश चिमोरियालाई समेत केन्द्रिय समितिमा मनोनीत गरेका छन् ।
राजनीतिमा काम र क्षमता भन्दा पनि परिवारवाद र गैर बिद्यार्थीलाई केन्द्रिय सदस्य बनाएको भन्दै नेपाल बिद्यार्थी संघ रौतहटका बिद्यार्थी नेता लगाएतले बिरोध गरेका छन् ।

त्यस्ता गैर बिद्यार्थीलाई नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्य बनाउदा बिद्यार्थीहरु हक र अधिकारका लागि राजनीति गर्ने नेताको भावना माथि आघात पुग्ने बिद्यार्थी नेताहरूले बताए।

प्रकाशित मिति:     २९ श्रावण २०८०, सोमबार  |    Himali Khabar